काठमाडौँ — प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि धनगढीमा हुने भएको छ । ९ टोली सहभागी प्रतियोगिता फाप्ला क्रिकेट मैदानमा ११ दिनसम्म चल्नेछ । त्रिभुवन आर्मी क्लबले यसै प्रतियोगिताबाट पहिलो पटक महिला क्रिकेट टोली मैदानमा उतार्ने छ ।
समूह ‘ए’ मा साबिक विजेता नेपाल एपीएफ क्बलसहित, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश छन् । समूह ‘बी’ मा गत वर्षको उपविजेता कोशी प्रदेशसहित आर्मी, बागमती प्रदेश र मधेश प्रदेश छन् ।
समूहका शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछ भने तेस्रो हुने टोलीले पाँचौं र छैटौं स्थानका लागि खेल्नेछ । सुपर फोरमा एक समूहले अर्को समूहको शीर्ष दुई टोलीसँग खेलेपछि शीर्षस्थानमा रहने दुई टोली फाइनल पुग्नेछ ।
