योङ हार्ट्स र इस्टपोल रनिङ सिल्ड विजेता

पुस १८, २०८१

कान्तिपुर संवाददाता

Young Hearts and Eastpole Running Shield winners

काठमाडौँ — गोकर्णेश्वर नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदअन्तर्गत कराते उपाधि महिलातर्फ योङ हाटर््स स्कुल र पुरुषतर्फ इस्टपोल माविले जितेका छन् ।

महिलातर्फ योङ हार्ट्सले ३ स्वर्ण र एक कांस्यसहित टिम च्याम्पियन भएको हो । १ स्वर्ण र १ कास्य पदक जितेको सरस्वती मावि दोस्रो र एक स्वर्ण, १ रजत जितेको बालसुधार मावि तेस्रो भए । दोस्रो र तेस्रोको पदक बराबर हुँदा गोलाप्रथाद्वारा छनोट गरिएको थियो ।

पुरुषतर्फ १ स्वर्ण, १ रजत र १ कांस्यसहित इस्टपोल विजेता भयो । एक स्वर्ण र एक कांस्यसहित योङ हार्ट्सले दोस्रो र समान १ स्वर्ण र कांस्यसहित मनकामना मावि तेस्रो भए ।  

महिला र पुरुषतर्फ ६–६ इभेन्टमा प्रतिस्पर्धा हुँदा गोकर्णेश्वर नगरपालिकाभित्रका २० विद्यालयका ९५ विद्यार्थी भाग लिएका थिए ।

विजेता खेलाडीलाई नगर खेलकुद बिकास समितिका अध्यक्ष संजय लामा, सितोरियो कराते काठमाडौ जिल्लाका अध्यक्ष शिवराम कारन्जितलगायतले पुरस्कृत गरे ।

कान्तिपुर

Link copied successfully