बागमती प्रदेशस्तरीय तेक्वान्दो लिग शुक्रबारदेखि

पुस १८, २०८१

कान्तिपुर संवाददाता

Bagmati State Level Taekwondo League from Friday

काठमाडौँ — टोखा नगरपालिकाको आयोजनामा दोस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग शुक्रबार सुरु हुँदै  छ ।

लिगमा पुरुष/महिलामा ५–५ तौल समूहमा प्रतिस्पर्धा हुने टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले जानकारी गराए ।

करिब ३ सय खेलाडीको सहभागिता रहने एसकेबीसी तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक रन्जित डगौराले बताए । काठमाडौं जिल्ला समन्वय समिति र वाग्मती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः १०, ७ र ३ अंक प्रदान गरिने छ । प्रत्येक तौल समूहमा पदक विजेता खेलाडीलाई अर्को लिगमा खान/बसोवास/यातायातको सुविधा प्रदान गरिने समन्वय समितिका संयोजक सन्तोष बुढाथोकीले बताए ।

प्रतियोगिताका खेल टोखा नगरपालिका वडा ५ मा हुनेछ । ३/३ महिनाको अवधिमा गर्ने गरी सुरु गरिएको लिगको तेस्रो संस्करण फागुन र चौथो संस्करण जेठमा हुनेछ । पहिलो संस्करण स्युचाटारस्थित नागार्जुन कभर्डहलमा भदौमा भएको थियो ।

कान्तिपुर

Link copied successfully