काठमाडौँ — नेपालका तेक्वान्दो खेलाडीले एसियाली आमन्त्रण तथा नवौं मानसान तेक्वान्दो खुला च्याम्पियनसिपमा ४ स्वर्ण, १ रजत र १ कांस्य पदक जितेका छन् ।
पुरुष पुम्से ३० वर्षमाथि चन्द्र रानामगर, ह्यान्ड ब्रेकिङमा नन्दराज बाँस्कोटा, सिनियर पुरुष ८० केजीमुनि भीमबहादुर खड्का र १४ वर्षमुनि महिला पुम्सेमा निरोसा राणाले स्वर्ण जितेका थिए । निरोसाले जुनियर ५२ केजीमुनि कांस्य पदक पनि जितिन् । सिनियर महिला ४९ केजीमुनि वर्षा थापाले रजत जितिन् ।
चीनको नानजिङमा भएको प्रतियोगितामा नेपालकी अस्मिता खड्का उत्कृष्ट निर्णायक बनिन् । टोलीका प्रशिक्षकमा विकेश बिडारी रहेका थिए ।
