पदमबहादुर गुरुङ स्मृति फुटबल प्रतियोगिताको उपाधि संघर्षलाई

पुस १५, २०८१

आनन्द गौतम

Fight for the title of Padma Bahadur Gurung Memorial Football Tournament

ताप्लेजुङ — तमु ल्होसार पर्वको अवसर पारेर आयोजित स्वर्गीय पदमबहादुर गुरुङ स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि संघर्ष स्पोर्टिङ क्लब उकालीपानीले हात पारेको छ ।

फुङ्लिङ नगरपालिका–६ लक्ष्मीटारमा सोमबार आयोजित फाइनल खेलमा साथीभाइ युवा क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै स्पोर्टिङ क्लबले उपाधि हात पारेको हो । उपाधिसँगै उसले १ लाख ११ हजार र उपविजेता साथीभाइ युवा क्लबले ५१ हजार रुपैयाँ हात पारेका छन् ।

संघर्षका लागि कप्तान आशिष लिम्बुले खेलको १३ औं र १८ औं मिनेटमा गोल गरेका थिए । साथीभाइका मञ्जित लिम्बूले २८ औं मिनेटमा पहिलो गोल फर्काए । तर, ३४ औं मिनेटमा दिपेश लिम्बूले संघर्षका लागि तेस्रो गोल गर्दै अग्रतालाई बलियो तुल्याएका थिए । साथीभाइ युवा क्लबका सुनियोजित लिम्बूले ४० औं मिनेटमा दोस्रो गोल गरे । ४४ औं मिनेटमा संघर्षका सविन तामाङले चौथो गोल थपेसँगै समग्रमा संघर्ष स्पोर्टिङ क्लब ४–२ विजयी बनेको हो । 

तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद्सँगको समन्वयमा ताप्लेजुङ स्पोर्टिङ क्लबले प्रतियोगिता आयोजना गरेको थियो । बलबहादुरको परिवारले प्रतियोगिता सञ्चालनका लागि आर्थिक सहयोग उपलब्ध गराएका थिए ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully