मार्सल आर्टसका भूपेन्द्र अमेरिकामा नगदसहित सम्मानित

पुस १५, २०८१

कान्तिपुर संवाददाता

Bhupendra of Martial Arts honored with cash in America

काठमाडौँ — नेपाली मार्सल आर्टस खेलाडी भूपेन्द्र गुरुङलाई अमेरिकामा दुई छुट्टै संस्थाले ४ हजार अमेरिकी डलर नगदसहित सम्मान गरेको छ । अमेरिकामै भएको दुई फरक प्रतियोगितामा १ स्वर्ण र ३ रजत पदक जितेका भूपेन्द्रलाई सम्मान गरिएको हो ।

तमु परिवार न्युयोर्कद्वारा आयोजित ल्होछार २०८१ को उपलक्ष्यमा भएको कार्यक्रममा भूपेन्द्रलाई ३ हजार युएस डलरसहित तमु परिवार अवार्ड प्रदान गरिएको थियो । भूपेन्द्रलाई कार्यक्रमका न्युयोर्क एसेम्बली मेम्बर डिस्ट्रिक ३० का स्टेभेन राघ र तमु परिवार न्युयोर्क इन्ककी अध्यक्ष मनितादेवी गुरुङले नगदसहित अवार्ड प्रदान गरे ।

ह्याप्पी किचन रेस्टुरेन्ट न्युयोर्कका प्रोपाइटर वीरेन्द्र गुरुङले भूपेन्द्रलाई १ हजार युएस डलरसहित प्रशंसापत्र प्रदान गरे । भूपेन्द्रले डिसेम्बर ८ मा न्यु टाउन पेन्सिल्भिनियामा भएको छैटौं एनएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा १–१ स्वर्ण र रजत पदक जितेका थिए । उनले त्यसअघि क्यालिफोर्नियामा नोभेम्बर ९ तारिखमा भएको १५औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा २ रजत जितेका थिए ।  

कान्तिपुर संवाददाता

Link copied successfully