पुस १६ गतेदेखि बुटवलमा राष्ट्रपति रनिङ शिल्ड

पुस १४, २०८१

सन्जु पौडेल

President Running Shield in Butwal from 16th of January

तिलोत्तमा — बुटवल उपमहानगरपालिका अन्तरविद्यालयस्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८१ को तयारी पूरा भएको छ । विद्यालयस्तरमा खेलाडी उत्पादन गर्ने उद्देश्यका आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । 

नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले बालबालिकालाई शिक्षासँगै खेलकुद अनिवार्य विषय बनाउन आवश्यक रहेको बताए । प्रतियोगितामा नगरभित्रका सामुदायिक र निजी गरी ५३ विद्यालय सहभागी हुने उनले बताए । जसमा भलिबल, कबड्डी, तेक्वान्दो, कराते (छात्र/छात्रा), एथलेटिक्सलगायत ३ दिनसम्म प्रतियोगिताहरु संचालन हुनेछ्न् ।

सो अवसरमा नगरप्रमुख खेलराज पाण्डेले पूर्वाधार विकास र खेल विकासमा पालिका लागेको बताए । फुटबलको ८, क्रिकेटको ३ मैदान तयार गर्ने लक्ष्यसहित काम अघि बढेको उनले बताए । 

यसैगरी लनटेनिस, बास्केटबल कोर्टहरुमा समेत लगानी भएको उनले बताए । ‘साढे ३ करोड रुपैयाँ बजेट खेलकुदमा बिनियोजन गरिएको छ,’ उनले भने । 

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully