एसपीएलका लागि माघ ४ मा अक्सन

पुस १३, २०८१

कान्तिपुर संवाददाता

Auction on Jan 4 for SPL

काठमाडौँ — सायम कलेजले हरेक वर्ष आयोजना गर्ने सायम प्रिमियर लिग (एसपीएल) को पाँचौं संस्करणका लागि माघ ४ मा अक्सन हुने भएको छ ।

कलेजमा अध्ययनरत विद्यार्थीले मात्र सहभागिता जनाउन पाउने प्रतियोगितामा ४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सायम ब्लास्टर्स, सायम सिक्सर्स, सायम सुपर किंग्स र सायम च्यालेन्जर्स नामका टिम प्रतिस्पर्धी हुनेछन् ।

एसपीएलको पहिलो र तेस्रो संस्करणमा च्यालेन्जर्स, दोस्रोमा सिक्सर्स र चौथोमा सायम ब्लास्टर्स च्याम्पियन बनेका थिए ।

प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित ल्याब स्कुलको खेल मैदानमा हुनेछ ।

अक्सनका लागि मार्की खेलाडीको निर्णय भइ सकेको र ८० खेलाडीको नाम दर्ता भएको छ । त्यसमध्ये ६० खेलाडीले मात्र विभिन्न टिमबाट खेल्नेछन् ।

टी–२० फर्म्याटमा हुने प्रतियोगितामा यो वर्ष भने कलेजबाहिरका व्यवसायीले पनि टिम खरिद गर्न सक्नेछन् । खरिद गरिएको टिमको नाम सोही व्यवसायको नाममा परिवर्तन हुने जनाइएको छ ।

कान्तिपुर

Link copied successfully