आयोजक टिमलाई हराउँदै चर्च ब्वाइज फाल्गुनन्द गोल्डकपको फाइनलमा

पुस १२, २०८१

लक्ष्मी गौतम

Church Boys beat the host team in the Falgunanda Gold Cup final

पाँचथर — चर्च ब्वाइज क्लब, काठमाडौं फिदिममा जारी फाल्गुनन्द गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न सेमिफाइनलमा आयोजक फिदिम स्पोर्टिङ क्लबलाई ३-१ ले हराउँदै चर्च ब्वाइज फाल्गुनन्द गोल्डकपको फाइनलमा   पुगेको हो ।

फिदिम स्पोर्टिङका दिनेश सेर्माले ४३ औं मिनेटमा गोल टिमको खाता खोलेका थिए । लगत्तै ३ मिनेटपछि (इन्जुरी समयमा) चर्च ब्वाइजका समिर तामाङले जवाफी गोल फर्काए ।

मध्यान्तरअघि १-१ बराबरीमा खेले पनि फिदिमका खेलाडी मध्यान्तरपछि पूरै समय दबाबमा रहे । चर्च ब्वाइजका तर्फबाट खेलेका विदेशी खेलाडी अर्मान्ड वेइडमले ६३औं मिनेटमा दोस्रो गोल गर्दै टिमलाई अग्रता दिलाए ।

Church Boys beat the host team in the Falgunanda Gold Cup final८५औं मिनेटमा चर्च ब्वाइजबाटै खेलेका अर्का विदेशी खेलाडी फोफोना अवयामीले तेस्रो गोल गरेसँगै आयोजक टिमको फाइनल पुग्ने सपना टुंगिएको हो । 

चर्च ब्वाइजका फोफोना आबायामी म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजारसहित पुरस्कृत भए । शनिबार न्यु रोड टिम (एनआरटी) र मच्छिन्द्र क्लब काठमाडौंबीच सेमिफाइनल चरणको अन्तिम खेल हुने तालिका छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully