भारतमाथि अस्ट्रेलियाको दबाब

पुस १२, २०८१

कान्तिपुर संवाददाता

Australia's pressure on India

काठमाडौँ — अस्ट्रेलियाले भारतविरुद्धको चौथो टेस्टको दोस्रो दिन शुक्रबार भारतमाथि दबाब सिर्जना गरेको छ । मेलबर्नमा दोस्रो दिनको समाप्तिमा भारतले पाँच विकेट गुमाएर १ सय ६४ रन बनाएको छ र समग्रमा ३ सय १० रनले पछाडि छ । 

अब तेस्रो दिन भारत फलो–अन बचाउन संघर्षरत रहनेछ । पाहुना टिमका लागि ऋषभ पन्त ६ र रवीन्द्र जडेजा चार रन बनाएर खेलिरहेका छन् । त्यस अगाडि ओपनर यशस्वी जैसवालले ८२ रन बनाए । उनले ११ चौका र एक छक्का प्रहार गरे ।

यस्तै केएल राहुलले २४ र विरोट कोहलीले ३६ रन बनाए । अस्ट्रेलिया भने आफ्नो पहिलो इनिङ्समा ४ सय ७४ रन बनाएर अलआउट भएको थियो । त्यसमा स्टिभ स्मिथले १ सय ४० रनको सानदार ब्याटिङ प्रदर्शन गरे ।  त्यस्तै कप्तान प्याट कमिन्सले ४९ रनको उपयोगी इनिङ्स खेले । भारतीय बलरमध्ये जसप्रित बुमराहले चार विकेट लिए भने रविन्द्र जडेजाको नाममा तीन विकेट रह्यो । आकाश दीपले पनि दुई विकेट हात पारे । 

कान्तिपुर

Link copied successfully