महिला फुटबल टिम सम्मानित

पुस ८, २०८१

कान्तिपुर संवाददाता

Women's soccer team honored

सिन्धुपाल्चोक — भोटेकोशी गाउँपालिका सिन्धुपाल्चोकले साफ महिला फुटबल च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई नगदसहित सम्मान गरेको छ ।

गाउँपालिकाले राष्ट्रपति रनिङ सिल्डका अवसरमा २३ खेलाडी र ३ प्रशिक्षक गरी २६ जनालाई एकमुष्ट १३ लाख रुपैयाँसहित सोमबार प्रशंसा–पत्रबाट सम्मान गरेको हो ।

गाउँपालिकाका अध्यक्ष पासाङ शेर्पाले नेपाल महिला फुटबल संघकी अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्की पूर्वसदस्य पेमा डोल्मा लामालाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरे । पेमा डोल्मा लामाकै पहलमा गाउँपालिकाले टोलीलाई सम्मान गरेको हो ।

सोही अवसरमा राष्ट्रपति रनिङ सिल्डमा सहभागी छात्रा खेलाडीलाई युक्ति फाउन्डेसनले सेनिटरी प्याड हस्तान्तरण गरेको थियो । फाउन्डेसनकी अध्यक्ष युक्ति श्रेष्ठले व्यक्तिगत रूपमा खेलाडीलाई प्याड प्रदान गरेको हो ।

कान्तिपुर

Link copied successfully