जनकपुर बोल्ट्सलाई प्रधानमन्त्री ओलीको बधाई

पुस ६, २०८१

अर्जुन सुवेदी

Prime Minister Oli's congratulations to Janakpur Bolts

सुनसरी — प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेकोमा जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् । 

नेपाल जेसीजको ५१औं राष्ट्रिय महाधिवेशन उद्‌घाटन गर्न इटहरी पुगेका प्रधानमन्त्री ओलीले फाइनल खेल हेर्न नपाएको भन्दै आफ्नो ध्यान त्यतैतिर रहेको बताए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल फाइनल खेल हेर्न त्रिवि क्रिकेट मैदान नै पुगे पनि प्रधानमन्त्री ओली जेसिजको महाधिवेशन उद्‌घाटन गर्न इटहरी आउनु परेकाले आफ्नो ध्यान सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स बीचको फाइनलमा रहेको बताए । दर्शकदीर्घाबाट जनकपुर विजयी भएको आवाज सुनिएपछि बधाई दिएका हुन् । उपविजेतामा सीमित भएको सुदूरपश्चिमलाई प्रधानमन्त्री ओलीले पर्खिन सुझाव दिएका छन् । 

जनकपुरलाई बधाइ दिएका ओलीले सुदूरपश्चिमलाई 'वेट फर नेक्स्ट म्याच’ भन्दै सान्त्वना दिएका छन् ।

अर्जुन सुवेदी

Link copied successfully