न्युटनले जित्यो हिमरश्मि कप भलिबल उपाधि 

पुस ६, २०८१

कान्तिपुर संवाददाता

Newton won the Himarshmi Cup volleyball title

काठमाडौँ — न्युटनले प्रथम हिमरश्मि कप यू–१९ कलेज/स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

तार्केश्वर नगरपालिका–९ स्थित शनिबार आयोजक हिमरश्मिको कोर्टमा सम्पन्न फाइनलमा न्युटनले एन्जल्स हार्टलाई २६–२४, २५–१४, २६–२४ को सोझो सेटमा हरायो । हिमरश्मिले जय मल्टिपल क्याम्पसलाई २५–१९, २५–१९ र २५–२२ ले हराएर तेस्रो स्थान ओगट्यो । शीर्ष तीन स्थानमा रहनेले क्रमशः २५ हजार, १५ हजार र ५ हजार रुपैयाँ पुरस्कार हात पारे ।

न्युटनका राजन परियार उत्कृष्ट खेलाडी घोषित भए । हिमरश्मिका सन्देश परियार उत्कृष्ट लिफ्टर, हिमरश्मिकै अमृत अधिकारी उत्कृष्ट स्पाइकर, एन्जल्स हार्टका प्रवीण सुनार उत्कृष्ट सर्भर, न्युटनका सरोज खनाल उत्कृष्ट डिफेन्डर, एन्जल्स हार्टका निर्मल बिक उत्कृष्ट ब्लकर र न्युटनका कृष्ण साउद उदीयमान खेलाडी चुनिए ।

विजेतालाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, हिमरश्मिका संस्थापक प्रिन्सिपल लोकेन्द्रबहादुर खड्का, हिमरश्मिका अध्यक्ष तीर्थ गुरुङलगायतले पुरस्कृत गरे ।  

कान्तिपुर संवाददाता

Link copied successfully