ब्रिजेस र सिभाली बने २२औं जयकर मेमोरियल नेसनल जुनियर टेनिस विजेता

पुस ६, २०८१

कान्तिपुर संवाददाता

Bridges and Sivali became the 22nd Jaykar Memorial National Junior Tennis winners

काठमाडौँ — ‘२२औं जयकर मेमोरियल नेसनल जुनियर टेनिस टुर्नामेन्ट २०२४’ यु–१४ को विजेता ब्रिजेस अर्याल र सिभाली गुरुङ बनेका छन् ।

शनिबार नेपाल टेनिस संघ, सातदोबाटोस्थित टेनिस कोर्टमा भएको प्रतियोगितामा यु–१४ तर्फ ब्रिजेस र सिभाली विजेता भएका हुन् ।

जयकर टेनिस एकेडेमीले आयोजना गरेको उक्त खेलमा बिज्रेसले असभ सम्राट हाडालाई ६–३ र ६–१ को सेटमा हराए । यसैगरी सिभालीले अन्नाबेला मल्लाई ६–० को सोझो सेटले हराइन् ।

उक्त प्रतियोगिता पुस २ देखि ६ गतेसम्म भएको थियो । यु–८ मा अमाइरा गुप्ता र कायान चालिसे विजेता बने । यसैगरी यु–९ मा र यु–१० को नायरा छोदेन घले विजेता बनिन् । यु–९ विधामा सहंशा बस्नेत र यु–१० मा वीरल अग्रवालले जिते । यु–१२ को  आयुशा जीसी र सोही विधामा  विश्व विषेश डल्लाकोटीले उपाधि हात पारे ।

विजेतालाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले मेडल र प्रमाणपत्र वितरण गरे । सो अवसरमा अध्यक्ष सिरोहियाले प्रतियोगितामा सहभागी खेलाडीलाई उज्जवल भविष्यको कामना र खेलमा अगाडि बढ्न प्रेरणा प्रदान गरेका थिए ।

‘साना खेलाडीलाई यहाँ देख्न पाउँदा एकदमै खुसी लागेको छ,’ उनले भने, ‘सबै खेलाडीको उज्जवल भविष्य देखिरहेको छु । त्यसैले अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा स्वर्ण पदकको लक्ष्य राखेर खेल्नु पर्छ ।’ 

यसैगरी खेलमा सात वर्षीय बेनाफ्सा महर्जन ‘यंगेस्ट प्लेयर–गर्ल’ र तीन वर्षीय जेनिस सम्राट खड्का ‘यंगेस्ट प्लेयर–ब्याई’ घोषित भए । 

कान्तिपुर

Link copied successfully