मैत्रीपूर्ण हक्कीमा आर्मी विजयी

पुस ६, २०८१

कान्तिपुर संवाददाता

Army win friendly hockey

काठमाडौँ — एपीएफ क्लबविरुद्ध भएको मैत्रीपूर्ण पुरुष हक्की प्रतियोगितामा शनिबार आर्मी विजयी भएको छ । आर्मी २–० गोलले विजयी भयो ।

एपीएफले पुरुष टिम बनाएको सन्दर्भमा आर्मीसँग मैत्रीपूर्ण खेल खेलाइएको नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी गराइन् । नेपाल प्रहरी टिमसँग पनि मैत्रीपूर्ण खेल खेलाइने छ ।

मैत्रीपूर्ण प्रतियोगिताको प्रदेश खेलकुद विकास परिषद् वाग्मतीका सदस्य–सचिव दीपक लामाले उद्घाटन गरेका थिए । लामाले हक्कीको विकास र विस्तारका लागि प्रदेशले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । हक्की संघका अध्यक्ष अनिल शर्माले सदस्य–सचिव लामालाई प्रशंसापत्र प्रदान गरे ।

कान्तिपुर

Link copied successfully