स्युचाटार क्रिकेट लिग पुस १२ देखि 

पुस ५, २०८१

कान्तिपुर संवाददाता

Suchatar Cricket League from 12th December

काठमाडौँ — तार्केश्वर युवा क्लबको आयोजनामा स्युचाटार क्रिकेट लिग (एससीएल) पुस १२ देखि हुने भएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने प्राविधिक संयोजक रवीन्द्र गुप्ताले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी गराए ।

लिगकम नकआउट आधारमा टी–१० फर्म्याटमा हुनेछ । हरेक टिममा १० खेलाडी हुनेछन् । प्रतियोगिता विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्लेयर अफ सिरिजलाई १० हजार तथा उत्कृष्ट बलर र ब्याटरलाई जनही ५ हजार पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब १३ लाख रुपैयाँ खर्च हुने आयोजक क्लबका अध्यक्ष सन्तोष बुढाथोकीले बताए । चारदिने प्रतियोगिताका खेल नागार्जुन नगरपालिकास्थित स्युचारटारको तारर्केश्वर युवा क्लबकै मैदानमा हुनेछ ।

कान्तिपुर

Link copied successfully