फ्रिडम फाइटरका दुवै टोली सेमिफाइनलमा

पुस ४, २०८१

कान्तिपुर संवाददाता

Both teams of Freedom Fighters in semi-finals

काठमाडौँ — फ्रिडम फाइटर क्लब ‘ए’ र ‘बी’ बिहीबार चौथो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा सेमिफाइनल पुगेको छ ।

फ्रिडम ‘ए’ ले हेटौंडालाई ४–२ गोलले पराजित गर्‍यो । विजेताका राजकुमार घिसिङले २ तथा मिलन राई र विकर्ण श्रेष्ठले १–१ गोल गरे । हेटौंडाका प्रवीर केसी र रुचनमान सिंहले १–१ गोल गरे । फ्रिडम ‘बी’ ले चितवनलाई २–० गोलले हरायो । दुवै गोल विजेताका निलेन्द्र देवानले गरे ।

काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा जोरपाटी एफसी र बौद्ध भेट्रान पनि सेमिफाइनलमा पुगे ।

जोरपाटीले चाबहिल स्पोर्ट्स क्लब ‘बी’ लाई पेनाल्टी शुटआउटमा २–० ले हरायो । निर्धारित समय २–२ गोलले बराबरी भएको थियो । अमिर लामा र उमेश लामाको गोलमा बौद्धले बीबीसी बनेपालाई २–० गोलले हरायो । सेमिफाइनल फ्रिडम ‘ए’ र ‘बी’ तथा जोरपाटी र बौद्धबीच हुनेछ ।

कान्तिपुर

Link copied successfully