भलिबलमा हिमरश्मि र लालीगुराँसलाई सफलता

पुस ३, २०८१

कान्तिपुर संवाददाता

Success to Himarashmi and Laliguras in volleyball

काठमाडौँ — आयोजक हिमरश्मि नीलो र लालीगुराँस नेसनल एकेडेमी बुधबार प्रथम हिमरश्मि कप यू–१९ कलेज/स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगिताको प्रिक्वाटरफाइनल पुगेका छन् ।

हिमरश्मिले एन्जल्स हार्टलाई १४–२५, २५–१९, १५–७ ले पराजित गर्दै समूह ‘डी’ को विजेता बनेको हो । पहिलो खेलमा हिमरश्मिले गणेश कलेजलाई २–० ले हराएको थियो ।

अर्को खेलमा एन्जल्स हार्टले गणेशलाई २५–१४, २५–१५ को सोझो सेटमा हराएर उपविजेता हुँदै प्रिक्वाटरफाइनलमा पुग्यो ।

दोहोरो जित निकालेको लालीगुराँसले गीताञ्जलीलाई २५–१९, २५–२१ र कालीदेवी माविलाई २५–१३, २५–२३ को सोझो सेटमा हरायो । लालीगुराँस मूह ‘बी’ को विजेता भयो ।

एनआर कलेजले ओरियन्टलाई २५–२०, २५–२१, ग्लेसियरले ग्रामसेवालाई २३–२५, २५–१९, १५–१३ र ग्रामीण बहुमुखी क्याम्पसलाई २३–२५, २५–२१, १६–१४ र सेन्ट लरेन्सले मानसिंह माविलाई २५–११, २५–२१ ले हराए ।

प्रिक्वाटरफाइनल एनआर र ग्रामीण, लालीगुराँस र एन्जल्स हार्ट, ग्लेसियर र ओरियन्ट तथा हिमरश्मि नीलो र गीताञ्जलीबीच प्रतिस्पर्धा हुनेछ । सेन्ट लरेन्सले प्रारम्भ, जय मल्टिपल क्याम्पसले चाणक्य, युनिग्लोबले मानसिंह र न्युटनले पासाङ ल्हामुविरुद्ध खेल्ने छन् ।

कान्तिपुर

Link copied successfully