हङकङ यू-१९ विरुद्धको एकदिवसीय खेलमा नेपाल हाबी, २२६ रनले विजयी

पुस ३, २०८१

कान्तिपुर संवाददाता

Nepal dominated, won by 226 runs in the one-day match against Hong Kong U-19

काठमाडौँ — हङकङ यू-१९ विरुद्धको दोस्रो एकदिवसीय खेल पनि जितेको छ । मूलपानी क्रिकेट रंगशालामा नेपालले हङकङ यू-१९ लाई २२६ रनले हराएको हो । २९८ रनको लक्ष्य पछ्याएको हङकङ २९.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ७१ रनमा समेटिएको हो ।

हङकङका लागि कप्तान शिव माथुरको १६ रन नै उच्च रह्यो । त्यस्तै आरेज दार र प्रीत मंगुकियाले १४/१४ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि दयानन्द मण्डलले ४ विकेट लिए । ६ ओभर बलिङ गरेका उनले २ ओभर मेडन राख्दै मात्र १७ रन खर्चेका थिए । त्यस्तै अपराजित पौडेल र सिब्रिन श्रेष्ठले २/२ विकेट लिए । सन्तोष यादव र नरेन भट्टले पनि १/१ विकेट लिए । 

Nepal dominated, won by 226 runs in the one-day match against Hong Kong U-19यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २९७ रन बनाएको थियो । नेपालका लागि सोहेल कुँवरले सर्वाधिक ८१ रन बनाए । १०९ बल सामना गरेका कुँवरले ९ चौका र १ छक्कासमेत हानेका थिए । त्यस्तै सन्तोष यादवले नटआउट ६६ रन बनाए । ५४ बल सामना गरेका उनले ५ चौका प्रहार गरे । त्यस्तै दिलसाद अलीले ४१ रनको योगदान दिए । 

Nepal dominated, won by 226 runs in the one-day match against Hong Kong U-19हङकङका लागि ड्यानियल म्यापले ३ र अब्दुल समादले २ विकेट लिए । त्यस्तै टमस अलेक्जेन्डर, प्रीत मंगुकिया र ह्यारी हड्सनले १/१ विकेट लिए । 

बुधबारको जितसँगै नेपालले ३ एकदिवसीय शृंखलामा कब्जा जमाएको छ । मंगलबार नेपालले पहिलो खेलमा हङकङमाथि ३ विकेटको जित हात पारेको थियो । तेस्रो एकदिवसीय खेल शुक्रबार हुनेछ । 

कान्तिपुर संवाददाता

Link copied successfully