जयकर मेमोरियल टेनिस : अमिरा र टोनिस च्याम्पियन

पुस ३, २०८१

कान्तिपुर संवाददाता

Jaykar Memorial Tennis: Amira and Tonys Champion

काठमाडौँ — औं जयकर मेमोरियल राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा यू–८ तर्फ गर्ल्समा अमिरा गुप्ता र ब्वाइजमा टोनिस श्रेष्ठ च्याम्पियन भएको छ ।

सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार अमिराले फाइनलमा सहारा कायस्थलाई १०–३, १०–३ ले हराइन् । टोनिसले कयान चालिसलाई ११–१०, ९–३ ले हराए । यू–९ गर्ल्सतर्फको सेमिफाइलनमा अमिराविरुद्ध नैरा छोडेन घलेले ५–३, ४–० को सेटमा जित पाइन् । नैराले फाइनलमा निम्ति कुँवरविरुद्ध खेल्नेछिन् । उनले राजिसा जोशीलाई ४–०, ४–१ ले हराइन् ।

यू–१४ गर्ल्स सिंगल्समा आयुषा जीसीले अभया भट्टराईलाई ६–०, ६–० ले र अनुश्री धोजुले सरा पन्तलाई ६–४, ६–२ को सोझो सेटमा हराएर क्वाटरफाइनल पुगेका छन् । सोही उमेर समूहको ब्वाइजतर्फ असभसम्राट हाडाले रनिश श्रेष्ठलाई ६–०, ६–० ले र विश्व विशेष डल्लाकोटीले डी लामालाई ६–२, ६–० ले हराएर क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

यू–१२ गर्ल्स सिंगल्समा आयुषा जीसीले इरा खत्रीलाई ६–०, ६–० ले हराएर अन्तिम चारमा स्थान बनाइन् । यू–१० ब्वाइजतर्फ आहन केडिया र सहंश बस्न्यात विजयी भएर सेमिफाइनल पुगेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully