जापानी ओलम्पियनसँग नेपाली भलिबलबारे छलफल

पुस ३, २०८१

कान्तिपुर संवाददाता

Discussion about Nepali volleyball with Japanese Olympian

काठमाडौँ — जापानी राष्ट्रिय महिला भलिबल टिमबाट दुईपल्ट ओलम्पिक खेलेकी काजुमी नाकामुराले नेपालमा भलिबल विकासको सम्भावनाबारे छलफल गरेकी छन् । उनले सन् १९९२ को बार्सिलोना र १९९६ को एटलान्टा ओलम्पिकमा जापानको प्रतिनिधित्व गरेकी थिइन् । एनपीओ रियाले वर्ल्डको आयोजनामा भएको कार्यक्रममा सहभागी हुने उनी नेपाल आएकी हुन् ।

त्यसक्रममा आयोजित छलफलमा नेपाली भलिबलको अवस्थाबारे जानकारी लिएकी थिइन् । उनले नेपालमा भलिबलको लोकप्रियता देखेर खुसी लागेको बताइन् । उनले नेपाली भलिबल खेलाडीसँगको भेटघाटमा प्रतियोगिताको तयारीसँगै अनुशासनमा पनि त्यत्तिकै जोड दिनुपर्ने बताइन् ।

उनी चार दिनको नेपाल भ्रमणका क्रममा न्यु डायमन्ड स्पोर्ट्स क्लब, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र एपीएफ क्लबमा आयोजित कार्यशालामा पनि सहभागी भएकी थिइन् । 

कान्तिपुर संवाददाता

Link copied successfully