थन्डर बोल्ट्सको बास्केटबलमा नामी विजयी

पुस २, २०८१

कान्तिपुर संवाददाता

Nami Wins in Thunder Bolts Basketball

काठमाडौँ — दोस्रो थन्डर बोल्ट्स कप खेलकुदमा बास्केटबल यू–१८ छात्रतर्फ समूह चरणमा काठमान्डु वर्ल्ड स्कुलले बर्नहार्ट स्कुललाई ६३–५९ ले ले पराजित गरेको छ  ।

जेम्स विद्यालयको आयोजना भइरहेको प्रतियोगितामा नामी कलेजले मोलिस स्कुललाई ४८–२२ ले र  गोल्डेनगेट कलेजले जेम्स स्कुललाई ४७–१५ ले हराए ।

सोही उमेर समूहको छात्रातर्फ समूह चरणमा नामीले रिब्सलाई २१–१९ स्कोरले प्रतिस्पर्धात्मक खेलमा हरायो ।  

यू–१६ छात्रतर्फ भने एलआरआईले ओएसिसलाई ५३–४७ र रातो बंगलाले मेगसलाई ४४–२३ स्कोरले हराए ।

१२ वर्षमुनि छात्र फुटबलमा ब्लूम नेपालले शिखर स्कुललाई ७–१ गोलले हरायो । लिटिल फ्लावरले लर्डस लाइटलाई ४–० ले र चेल्सी वर्ल्डले लिटिल एन्जल्सलाई ४–१ गोलले हराए भने सेन्ट जेभियर्स र निस्टबीचको खेल २–२ गोलको बराबरीमा टुंगियो ।

१६ वर्षमुनि छात्र क्रिकेटमा एलआरआईले आयोजक जेम्सलाई ९ विकेट, लिटिल एन्जल्सले भ्याली पब्लिकलाई ८ विकेट र चेल्सी वर्ल्डले जेम्स स्कुललाई ७ विकेटले हराए ।  

कान्तिपुर

Link copied successfully