मातृभूमि र ज्ञान च्याम्पियन

पुस २, २०८१

कान्तिपुर संवाददाता

Motherland and Knowledge Champion

काठमाडौँ — आयोजक मातृभूमि र ज्ञान निकेतनले मातृभूमि अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । दोहोरो उपाधि जितेको मातृभूमि जुनियर ब्वाइज र सिनियर गर्ल्समा च्याम्पियन भयो । ज्ञान निकेतन सिनियर ब्वाइजमा च्याम्पियन बनेको हो ।

घरेलु कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा मातृभूमिले ज्ञान निकेतनलाई ४८–३७ स्कोरले पराजित गर्‍यो । गर्ल्सको फाइनलमा मातृभूमिले इनोभेटिभलाई 

२०–१८ ले हरायो । सिनियर ब्वाइजको फाइनलमा ज्ञान निकेतनले बौद्ध इन्टरनेसनलले ५६–४८ ले पाखा लगायो ।

सिनियरमा ज्ञान निकेतनका आशालाल श्रेष्ठ, गर्ल्समा मातृभूमिकी अध्येता शर्मा र जुनियर ब्वाइजमा मातृभूमिका सक्षम महर्जन मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । सिनियर ब्वाइजमा बौद्धका आरोहण बुढा, सिनियर गर्ल्समा मातृभूमिकी वर्षा कार्की र जुनियर ज्ञान निकेतनका दिप्सन अधिकारी प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।

ब्वाइजमा ज्ञानका सावर मन्सुर, गर्ल्समा निस्टकी सुदेशना नेपाल र जुनियरमा मातृभूमिका प्रसिद्धजंग कार्की उत्कृष्ट थ्री प्वाइन्टर चुनिए ।

कान्तिपुर

Link copied successfully