लालीगुराँस र ग्रिनल्यान्डले जिते जेबी कप

पुस २, २०८१

कान्तिपुर संवाददाता

Laligurans and Greenland won the JB Cup

काठमाडौँ —  लालीगुराँस नेसनल एकेडेमी र ग्रिनल्यान्डले प्रथम जेबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । लालीगुराँस जुनियर ब्वाइज र ग्रिनल्यान्ड सिनियर गर्ल्समा च्याम्पियन बन्यो ।

आयोजक जेबी स्कुलको कोर्टमा जुनियर ब्वाइज फाइनलमा लालीगुराँसले भ्याली पब्लिकलाई २७–२३ स्कोरले हरायो । लालीगुराँसका साहिद पुनले १७ स्कोर गरे । गोल्डेनपिक तेस्रो भयो ।

गर्ल्सको फाइनलमा ग्रिनल्यान्डले फेरिल्यान्डलाई ३५–३० ले हरायो । ग्रिनल्यान्डकी बिहानी राईले १२ स्कोर गरिन् । इडेन ब्रिज एकेडेमी (ईबीए) तेस्रो भयो ।

जुनियर ब्वाइजमा लालीगुराँसका सरगम गुरुङ र गर्ल्समा ग्रिनल्यान्डकी आहना खड्का मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । जुनियर ब्वाइजमा लालीगुराँसका रोहित गुरुङ र गर्ल्समा ग्रिनल्यान्डकी बिहानी राई उत्कृष्ट थ्री प्वाइन्टर चुनिए । जुनियर ब्वाइजमा भ्याली पब्लिकका अशोक बिक (५० स्कोर) र सिनियर गर्ल्समा फेरिल्यान्डकी करुणा बोगटी (६७ स्कोर) सर्वाधिक स्कोरकर्ता बने ।

जुनियर ब्वाइजमा पारामाउन्ट तथा सिनियर गर्ल्समा न्युटनले अनुशासित टिमको ट्रफी हात पारे । जुनियर ब्वाइजमा बेल्मोन्ट एकेडेमी तथा सिनियर गर्ल्समा नवदीक्षित पाठशाला उदीयमान टिम ठहरिए ।

विजेतालाई पूर्वमन्त्री रेशम लामा, आयोजक जेबी सञ्चालक समितिका अध्यक्ष कृष्ण वस्ती, प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, जेबीका प्रिन्सिपल नारायण रोकालगायतले पुरस्कृत गरे ।  

कान्तिपुर

Link copied successfully