गण्डकी प्रदेश हक्की संघमा थापा

मंसिर ३०, २०८१

कान्तिपुर संवाददाता

Thapa in the Gandaki Pradesh Hockey Association

पोखरा — गण्डकी प्रदेश हक्की संघको पहिलो अधिवेशनबाट दीपकबहादुर थापा अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न अधिवेशनले थापाको नेतृत्वमा ९ सदस्यीय प्रदेश समिति निर्वाचित गरेको हो ।

समिति उपाध्यक्षमा बलबहादुर शाही, सचिवमा अजय क्षेत्री, सहसचिवमा दिव्या पोखरेल, कोषाध्यक्षमा यमन रसायली र सदस्यमा राज थापा, रविकान्त आचार्य, अशोक गुरुङ र दूधप्रसाद गुरुङ रहेका छन् । 

अधिवेशनको उद्घाटनमा नेपाल हक्की संघका केन्द्रीय उपाध्यक्ष हिमाल खड्काले संघको महत्त्व र आगामी दिनमा संघले खेल क्षेत्रको विकासमा पुर्‍याउने योगदानबारे चर्चा गरे । गण्डकी प्रदेश खेलकुद परिषद्का कार्यकारिणी सदस्य केशव पाठकले संघको सक्रियताले खेलकुदको विकास र समन्वयलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । 

कान्तिपुर संवाददाता

Link copied successfully