भालेकानोसँग रियलको रोमाञ्चक बराबरी

मंसिर ३०, २०८१

कान्तिपुर संवाददाता

Real's thrilling draw with Valecano

काठमाडौँ — जुड बेलिङघमले स्पेनी ला लिगामा शनिबार लगातार छैटौं खेलमा गरेको गोलको मद्दतले रियल म्याड्रिडले राया भालेकानोसँग ३–३ को रोमाञ्चक बराबरी खेलेको छ । बराबरीले रियल अंक तालिकाको शीर्षमा उक्लन भने असफल रह्यो ।

जितसँग रियलसामु शीर्षको बार्लिलोनालाई उछिन्ने अवसर थियो । अब रियलको १७ खेलबाट ३७ अंक भएको छ । समान खेलबाट बार्सिलोनाको भने ३८ अंक छ । बेलिङघमसँगै रियलका लागि फेडरिको भाल्भेरडो र रोड्रिगोले गोल गरे ।

यस्तै भालेकानोका लागि उनाइ लोपेज, अब्लुद मुमिन र इसी पालेजोनले गोल गरे । शनिबारका अन्य खेलमा सेभियाले सेल्टा भिगोलाई १–० र मार्लोकाले जिरोनालाई २–१ हरायो । इस्पनयोल र ओससुनाले गोलरहित बराबरी खेले ।

मार्लोका २७ अंकमा पाँचौं स्थानमा छ र उसले शीर्ष चारका लागि प्रयास गरिरहेको छ । एथलेटिको बिलबाओ ३२ अंकमा चौथो स्थानमा छ । 

कान्तिपुर संवाददाता

Link copied successfully