काठमान्डु गुर्खाजको चौथो जित, चितवन प्लेअफमा

मंसिर ३०, २०८१

विनोद पाण्डे

Fourth win for Kathmandu Gurkhaz, Chitwan in the playoffs

काठमाडौँ — दीपेश कँडेलले विजयी चौका प्रहार गरेपछि काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आइतबार विराटनगर किंग्सलाई १ विकेटले पराजित गरेको छ । काठमान्डुले १ सय १८ रनको लक्ष्य १८.१ ओभरमा १ सय २० रन बनाउदै पूरा गरेको हो ।

दीपेश र शंकर रानाको अन्तिम जोडिले १८ रनको अविजित साझेदारी गरे । टिमलाई विजयका लागि २ रनको आवश्यक्ता भएको समयमा दीपेशले सुवास भण्डारीको बलमा विजयी चौका प्रहार गरेका थिए । दीपेशले ५ बलमा अविजित ११ रन बनाउनेक्रममा समान १ चौका र छक्का प्रहार गरे । अर्का अविजित ब्याटर शंकरले २० बल खेली १ चौकासहित १६ रन बनाए ।

Fourth win for Kathmandu Gurkhaz, Chitwan in the playoffsकाठमान्डुको यस विजयले प्लेअफमा पुग्ने सम्भावना झिनो मात्र बाँकी छ । काठमान्डुले ७ खेलमा चौथो विजय हात पारेको हो । काठमान्डुले ठूलो अन्तरले विजय हात पार्न नसकेपछि चितवन राइनोज प्लेअफमा पुगेको छ । काठमान्डु, चितवन र कर्णाली याक्सकको समान ८ अंक भए पनि चितवन नेट रन रेटमा अगाडि छ । कर्णालीले सोमबार सुदूरपश्चिमसँग राउन्ड रोबिन लिगमा आफ्नो अन्तिम खेल्ने छ ।

प्रतीक श्रेष्ठले सर्वाधिक ३९ रन बनाए । उनले ३४ बल खेली समान २ चौका र २ छक्का प्रहार गरे । स्टेफन इस्किनाजी १, माइकल लेभिट १०, जेहरार्ड इरसमस १२, भीम सार्की १, ड्यान डाउथवेट १, रशिद खान १४, कप्तान करण केसी शून्यमा आउट भएका थिए । सन्दीपले ४ ओभरमा १९ रनमात्र खर्चे । क्रिस सोलले ४ ओभरमा २१ र बसिर अहमदले ४ ओभरमा २७ रन खर्चेर २–२ विकेट लिए ।

Fourth win for Kathmandu Gurkhaz, Chitwan in the playoffsयसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर १९.५ ओभरमा १ सय १७ रनमा अलआउट भएको थियो । इरसमसले उत्कृष्ट बलिङ गर्दै विराटनगरलाई सानो स्कोरमा रोक्न महत्त्वपूर्ण भूमिका खेले । अफ स्पिनर इरसमसले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । स्कट इडवार्डसलाई बोल्ड गरेका उनले एकै ओभरमा क्रिस सोल र कप्तान सन्दीप लामिछानेको विकेट पनि लिए ।

Fourth win for Kathmandu Gurkhaz, Chitwan in the playoffsतस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर

अर्का स्पिनर दीपेश कँडेलले २ विकेट लिए । देब्रेहाते दीपेशले ४ ओभरमा १६ रनमात्र खर्चे । शाहब आलम, ड्यान डाउथवेट र कप्तान करण केसी १–१ विकेट लिए । राजेश पुलामीले विराटनगरबाट सर्वाधिक २५ रन बनाए । उनले २१ बल खेल्दै समान १ चौका र छक्का प्रहार गरे ।

Fourth win for Kathmandu Gurkhaz, Chitwan in the playoffsलोकेश बम ८, दीपक बोहरा २४ बलमा २०, निकोलस कृतन १२ बलमा १०, इडवार्डस १५ बलमा १४, बसिर अहमद १३ बलमा १३, इस्मातुल्लाह आलम ५, सोल १, लामिछाने र अनिल खरेल समान शून्यमा आउट भए । सुवास भण्डारी ६ रनमा अविजित रहे ।  

विनोद पाण्डे पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully