काठमाडौँ — हिमाली बोर्डिङले सातौं एनप्याब्सन खेलकुद सप्ताहअन्तर्गत छात्र बास्केटबलको उपाधि जितेको छ । एपेक्स लाइफ स्कुलको कोर्टमा शुक्रबार सम्पन्न फाइनलमा हिमालीले साइन मोडेललाई १७–१२ स्कोरले हरायो ।
एनप्याब्सन काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित प्रतियोगितामा युनिभर्सल तेस्रो भयो । युनिभर्सलले माउन्ट कैलाशलाई १९–७ ले हरायो । बास्केटबलमा २२ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
आयोजकका संयोजक प्रेम भुजेलले बास्केटबलसँगै चार खेल समावेश खेलुकद सप्ताहका सबै प्रतिस्पर्धा सकिएको बताए । छात्र फुटसलमा अमर आदर्श, छात्र/छात्रा कबड्डीमा भीमेश्वर एकेडेमी तथा तानडोरीको छात्रमा ज्ञानभूमि र छात्रामा कान्तिपुर च्याम्पियन बने ।
