एनपीएलको पहिलो ‘टाई’

मंसिर २७, २०८१

कान्तिपुर संवाददाता

NPL's first 'tie'

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पहिलो ‘टाई’ खेल भएको छ । विराटनगर किंग्स र पोखरा एभेन्जर्सले बिहीबारको खेलमा स्पष्ट नतिजा निकाल्न सकेनन् र खेल ‘टाई’ हुन पुगेको थियो ।

टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ३९ रन बनाएको थियो । जवाफमा आएको पोखराले ६ विकेट नै गुमाई १ सय ३९ रन बनायो ।  

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखरालाई अन्तिम ओभरमा जितका लागि १४ रन चाहिन्थ्यो । ओभरको दोस्रो बलमा नारायण जोशीले १ रन लिएपछि स्ट्राइकमा आएका रामोन रिफरले तेस्रो बलमा छक्का प्रहार गरे ।

त्यसपछिको दुई बलमा कुनै बलमा रन बनाउन नसकेका खेलको अन्तिम बलमा छक्का प्रहार गरेपछि स्कोर बराबर भएको थियो । 

कान्तिपुर

Link copied successfully