चर्च ब्वाइज फाइनलमा

मंसिर २७, २०८१

कान्तिपुर संवाददाता

In the Church Boys final

पाँचथर — आयोजक रेडहर्स क्लब इलामलाई हराएर चर्च ब्वाइज क्लब बुधबार दोस्रो इलाम गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बुधबार पहिलो सेमिफाइलनमा चर्च ब्वाइजले १–० गोलको जित पायो ।

चर्च ब्वाइजबाट इन्ज्युरी समयमा समीर तामाङले गरेको हेड गोल नै निर्णायक बनेको थियो । उनी म्यान अफ द म्याच घोषित भए । उनले ८ हजार १ सय रुपैयाँ नगद पुरस्कार पाए ।

निर्धारित समय (९० मिनेट) सम्म उत्कृष्ट खेलेको आयोजक टिम इन्ज्युरी समयमा चर्च व्बाइजसँग चुकेको हो । बिहीबार एनआरटी र रेड स्टार क्लब झापाबीच दोस्रो सेमिफाइनल हुनेछ । एनआरटी डिफेन्डिङ च्याम्पियन हो ।

कान्तिपुर

Link copied successfully