काठमाडौँ — आयोजक जेबी स्कुल र पारामाउन्टले प्रथम जेबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सफलता पाएका छन् ।
घरेलु कोर्टमा जेबीले न्युटनलाई २४–१८ स्कोरले पराजित गर्यो । जेबीका भुवन चौलागाईंले ४ स्कोर गरे । सुदीप घलेको १३ स्कोरमा पारामाउन्टले नाम्सलाई ४४–१२ ले हरायो । जुनियर ब्वाइजमै हिमरश्मिले ओडिसीलाई ३१–१६ ले हरायो । हिमरश्मिका आयुश पोखरेलले ८ स्कोर गरे ।
सिनियर गर्ल्समा लालीगुराँस नेसनल एकेडेमी, एन्जल्स हार्ट र न्युटनले सफलता पाए । लालीगुराँसले जेबीलाई २६–१८, एन्जल्स हार्टले स्किब्सलाई १७–१५ र न्युटनले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २६–२१ स्कोरले पन्छाए । लालीगुराँसकी सिमरन महर्जनले ७, एन्जल्सकी सुप्रिया पुनले १० र न्युटनकी इरेना रानाले ८ स्कोर जोडे ।
प्रतियोगितामा जुनियर ब्वाइज र सिनियर गर्ल्समा १२–१२ टिम सहभागी छन् । लिगकम नकआउट पद्धतिमा भइरहेको प्रतियोगिताको फाइनल पुस २ मा हुनेछ ।
