फुटबलर अमिशा र गीता सम्मानित

मंसिर २७, २०८१

कान्तिपुर संवाददाता

Footballers Amisha and Geeta honored

काठमाडौँ — राष्ट्रिय महिला फुटबल टोलीका अमिशा कार्की र गीता रानालाई बिहीबार नगदसहित सम्मान गरिएको छ । नेपाल फुटबल खेलाडी संघको संयोजनमा भएको कार्यक्रममा दुवैलाई जनही ७५ हजार रुपैयाँ प्रदान गरिएको थियो । अमेरिकाको क्यालिफोर्नियामा रहेको सेजल आईटीले उनीहरूलाई सम्मान गरेको हो ।

पछिल्लो महिना दशरथ रंगशालामा भएको वुमेन्स साफ च्याम्पियनसिप २०२४ मा नेपालका लागि अमिशा र गीताले प्रभावशाली प्रदर्शन गरेका थिए । फाइनलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको थियो । त्यसमा नेपालको तर्फबाट भएको एकमात्र गोल अमिशाले नै गरेकी थिइन् ।

सम्मान कार्यक्रमका अवसरमा सेजल आईटीका अध्यक्ष शंकर केसीले आफू अमिशा र गीताको खेलबाट प्रभावित रहेको बताए । उनले अमेरिकामा हुने महिला फुटबल प्रतियोगितामा नेपाली खेलाडीको सहभागिताका लागि पनि प्रयास गर्ने प्रतिबद्धता जनाए । 

कान्तिपुर

Link copied successfully