काठमाडौँ — स्किब्सले मातृभूमि अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा विजय पाएको छ । आयोजक मातृभूमि स्कुलको कोर्टमा स्किब्सले बुधबार युनिक नेपाललाई २३–११ स्कोरले हराएका हो । स्किब्सका किस्मत मगरले ८ स्कोर जोडेका थिए ।
जुनियर ब्वाइजमै जनप्रेमीले मातृभूमि नीलोलाई २०–१७ र एभरेस्टले चाणक्यलाई ३२–१५ ले हराए । जनप्रेमीका रोशन विष्टले १४ र एभरेस्टका प्रवल राजभण्डारीले १० स्कोर गरे ।
सिनियर ब्वाइजमा ज्ञान निकेतनले इनोभेटिभलाई ३४–१९ र बौद्ध स्कुलले जेम्सलाई ४४–३१ ले हराए । ज्ञानका महेन्द्र प्याकुरेलले १३ र बौद्धका तेन्जिङ छोसाङले २२ स्कोर जोडे ।
सिनियर गर्ल्समा निस्ट ‘ए’ ले मातृभूमि रातोलाई २४–१७, निस्ट ‘बी’ ले निस्ट ‘सी’ लाई २९–४ र सञ्जय शाहीले इनोभेटिभलाई २०–१७ स्कोरले हराए । निस्ट ‘ए’ की समीक्षाले १६, ‘बी’ की सुदेशना नेपालले २७ र सञ्जयकी नम्रता पौडेलले १४ स्कोर बटुले ।
