डुवानाले बनाइन् राष्ट्रिय कीर्तिमान

मंसिर २६, २०८१

कान्तिपुर संवाददाता

Duwana set a national record

काठमाडौँ — नेपाली पौडीवाज डुवाना लामाले विश्व एक्वाटिक्स पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् ।

हंगेरीको बुढापेस्टमा भइरहेको च्याम्पियनसिपमा डुवानाले महिला १ सय मिटर ब्रेस्टस्ट्रोकको दूरी १ मिनेट १३.५० सेकेन्डमा पूरा गर्दै आफ्नै नामको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी हुन् ।

डुवानाको नाममा १ मिनेट १६.४५ सेकेन्डको राष्ट्रिय कीर्तिमान थियो । उक्त कीर्तिमान डुवानाले थाइल्यान्डमा भएको उमेर समूहको प्रतियोगितामा बनाएको पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले जानकारी गराए ।

कान्तिपुर संवाददाता

Link copied successfully