पाँचथर — चर्च ब्वाइज क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले पराजित गरी इलाममा भइरहेको दोस्रो इलाम गोल्डकप फुटबलको सेमिफाइनल सुरक्षित गरेको छ ।
दाबेदार आर्मीलाई दोस्रो मिनेटमै नीरज चौधरीको पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । चर्च ब्बाइजका रोहन कार्कीले ७६ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । त्यसको ७ मिनेटपछि चर्च ब्वाइजबाट खेलिरहेका बिदेशी खेलाडी अर्मान्डोले गरेको गोल निर्णाय कबनेको थियो । रोहनले प्लेयर अफ द म्याच घोषित हुॅदै ८ हजार १ सय रुपैयाँ पुरस्कार पाए । पहिलो हाफमा चर्च ब्वाइजले दबाब खेपे पनि मध्यान्तरपछि रणनीतिक रूपमा आर्मीलाई पछि पारेको थियो । चर्च ब्वाइजले बुधबार आयोजक रेडहर्स क्लब इलामसॅग खेल्नेछ ।
मंलगबार मछिन्द्र क्लब र रेड स्टार झापाबीच चौथो क्वाटरफाइनल हुनेछ ।
