तिलोत्तमा छैंटौं राष्ट्रपति रनिङ सिल्ड मंसिर २७ गतेदेखि

मंसिर २५, २०८१

सन्जु पौडेल

6th President Running Shield in Tilotta from 27th November

तिलोत्तमा — तिलोत्तमा नगरपालिकामा २७ गतेदेखि छैंटौं नगरस्तरीय राष्ट्रपति रनिङ सिल्ड छनोट प्रतियोगिता हुने भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा ३ दिनसम्म चल्ने प्रतियोगितामा  नगरभित्रका सामुदायिक र संस्थागत गरी ४१ विद्यालयले भाग लिने नगर खेलकुद विकास समितिका अध्यक्ष लोक पुनले जानकारी दिए ।

तिलोत्तमा-४, जनज्योति खेल मैदानमा सञ्चालन हुने सो प्रतियोगितामा एथलेटिक्स , कबड्डी, भलिबल, कराते र तेक्वान्दो गरी पाँच विधामा ५४ खेल हुने उनले जनाए ।

विद्यालयस्तरमा रहेका प्रतिभालाई छनौट गरी उत्कृष्ट खेलाडीलाई जिल्लास्तरीय हुँदै प्रदेश र राष्ट्रिय प्रतियोगितामा समावेश गराउने उद्देश्यले रनिङ सिल्ड आयोजना गर्न लागिएको नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यले बताए । उनका अनुसार यस  पटक  जिल्लास्तरिय रनिङ सिल्डसमेत तिलोत्तमा नगरपालिकामा हुने भएकाले यस प्रतियोगितालाई तयारीका रूपमा लिइएको छ ।

प्रतियोगितामा एथ्लेक्टिक्सतर्फ २६, करातेतर्फ १२, तेक्वान्दोतर्फ १२, भलिबलतर्फ २ र कबड्डीतर्फ २  गरी ५४ खेल हुनेछन । प्रतियोगितामा १ सय, २ सय, ४ सय, ८ सय, १ हजार ५ सय र ३ हजार मिटरको दौड प्रतियोगिता,  रिले दौड,हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट लगायत का खेल समावेश छन् ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully