नेपाल एसिया कप छनोटको कठिन समूहमा

मंसिर २४, २०८१

कान्तिपुर संवाददाता

Nepal in the difficult group of Asia Cup qualifiers

काठमाडौँ — एएफसी एसिया कप छनोटको समूह ‘एफ’ मा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी) को मुख्यालय क्वालालम्पुरमा निकालिएको ‘ड्र’ मा नेपालले प्रतिद्वन्द्वीका रूपमा भियतनाम, मलेसिया र लाओस पाएको हो । नेपालका लागि यो कठिन समूह साबित हुन सक्नेछ ।

समूह चरणमा प्रत्येक टिमले एकअर्कोसँग घरभित्र र बाहिर गरी दुईपल्ट खेल्नेछन् ।

‘ड्र’ अनुसार नेपालले मार्च २५ मा मलेसिया, नोभेम्बर १८ मा मलेसिया तथा जुन १० र अर्को वर्षको मार्च ३१ मा लाओसविरुद्ध खेल्नेछ । यस्तै अक्टोबर ९ र १४ मा भियतनामविरुद्ध खेल्नेछ । छनोटमा कुल २४ टिमको सहभागिता रहेको छ र तिनलाई ६ समूहमा विभाजन गरिएको हो । समूह विजेता साउदी अरेबियामा सन् २०२७ मा हुने एसियाकपका लागि छनोट हुनेछ ।

छनोटको समूह ‘ए’ मा ताजकिस्तान, फिलिपिन्स, माल्दिभ्स र टिमोर लिस्टे, समूह ‘बी’ मा लेवनान, यमन, भुटान र ब्रुनाइ, समूह ‘सी’ मा भारत, हङकङ र बंगलादेश, समूह ‘डी’ मा थाइल्यान्ड, तुर्किमिनिस्तान, चिनियाँ ताइपेयी र श्रीलंका तथा समूह ‘ई’ मा सिरिया, अफगानिस्तान, म्यानमार र पाकिस्तान रहेका छन् ।

कान्तिपुर

Link copied successfully