पदक विजेता भेट्रान धावकहरू सम्मानित

मंसिर २४, २०८१

कान्तिपुर संवाददाता

Medal-winning veteran runners honored

काठमाडौँ — प्रयास मञ्च नेपालले अन्तर्राष्ट्रिय आमन्त्रण मास्टर्स एथलेटिक्स प्रतियोगिताका पदक विजेता खेलाडीलाई सोमबार सम्मान गरेको छ ।

भारतको पश्चिम बंगालस्थित कुचबिहारमा नोभेम्बर १६ र १७ तारिखमा भएको प्रतियोगितामा नेपाली भेट्रान धावकहरूले ८ स्वर्ण, ४ रजत र २ कांस्य पदक जितेका थिए ।

बुद्धवीर लामाले ६५ वर्षमाथि १० हजार मिटर दौडमा स्वर्ण, धर्म महर्जनले ५०–५५ वर्षको ४००, ५ हजार र १० हजार मिटर दौडमा स्वर्ण, ६५ वर्षमाथि पुष्पलाल श्रेष्ठले ५ हजार मिटर दौडमा स्वर्ण र १० हजार मिटर दौडमा रजत, ५०–५५ वर्षमा कपिल भट्टले २०० मिटर दौडमा रजत र ५ हजार मिटर दौडमा कांस्य तथा ४५–५० वर्षमा महेन्द्र वज्राचार्यले १० हजार मिटर दौडमा कांस्य जितेका थिए ।

४०–४५ वर्षमा राकेश महर्जनले १५ सय, ५ हजार र १० हजार मिटर दौडमा स्वर्ण तथा ४०–४५ वर्षमा दिनेश महर्जनले ५ हजार र १० हजार मिटर दौडमा रजत प्राप्त गरेका थिए । ४५–५० वर्षको १० हजार मिटर दौडमा भाग लिएका लाक्पा शेर्पा लामा र जहरमान गुरुङलाई पनि सम्मान गरियो ।

त्यस्तै विभिन्न दौड प्रतियोगितामा स्वर्ण जितेका निमेश गुरुङ पनि सम्मानित भए । उनीहरूलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, नाइटिङ्गेल स्कुलकी प्रिन्सिपल रञ्जना प्रधान र प्रयास मञ्च नेपालका अध्यक्ष शिवध्वज कार्कीले प्रशंसा पत्रसहित सम्मान गरे ।  

कान्तिपुर संवाददाता

Link copied successfully