पाँचथर — ‘ए’ डिभिजन क्लब संकटालाई टाइब्रेकरमा ४–३ ले हराएर आयोजक रेडहर्स फुटबल क्लब शनिबार दोस्रो इलाम गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो चरणमा पुगेको छ ।
निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरीमा खेलेपछि पेनाल्टी शुटआउटबाट निर्णय लिइएको हो । आयोजकका गोलकिपर विवेक मगर प्लेयर अफ द म्याच भए । उनले ८ हजार १ सय रुपैयाँ पुरस्कार पाए ।
दोस्रो खेलमा आइतबार दार्जिलिङको जीटीए र एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । मंसिर २९ सम्म चल्ने प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेेछन् ।
