काभामा हेल्प नेपाल विजयी

मंसिर २३, २०८१

कान्तिपुर संवाददाता

Help Nepal wins in Kava

काठमाडौँ — काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा शनिबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सुरु भएको छ । नेपालसहित चार देशका ५ क्लबले च्याम्पियनसिपमा सहभागिता जनाएका छन् । पहिलो दिन नेपाली टोलीले मिश्रित नतिजा निकालेका छन् । 

टिपटप हेल्प नेपाल स्पोटर््स क्लबले जित पाउँदा गण्डकी प्रदेश टिम पराजित भएको छ । दुवैको खेल पाँच सेटसम्म चलेको थियो । हेल्प नेपालले भारतीय टोली क्यालिकट हिरोजलाई ३–२ को सेटमा हरायो ।

हेल्प नेपालले घरेलु कोर्टको फाइदा उठाउँदै प्रतियोगिताको दाबेदार क्यालिकटविरुद्ध २५–२२, २०–२५, २२–२५, २६–२४, १५–१० को सेटमा जित निकाल्यो । सुरुआती अग्रताका बावजुद दुई सेट गुमाएर हेल्प नेपालले खेलमा पुनरागमन गरेको थियो । 

अर्को खेलमा माल्दिभ्सको क्लब एचडीसीसँग गण्डकी प्रदेश ३–२ सेटले पराजित भयो । लगातार दुई सेटम २५–१८, २५–२३ ले आफ्नो पक्षमा पारेको गण्डकीले त्यसपछि लगातार सेट गुमाएको थियो ।

गण्डकीको कडा चुनौतीका बावजुद एचडीसीले २५–२३, ३०–२८, १५–१३ ले सेट आफ्नो पक्षमा पारेर खेल जित्यो । च्याम्पियनसिपको अर्को एक टिम इरानको रहेको छ । पहिलो दिन सबै टिमले अंक बटुलेका छन् । खेल पाँच सेटसम्म चलेकाले जित्नेले २ र हार्नेले १ अंक लिएका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully