काठमाडौँ — ह्विलचेयर स्पोर्ट्स एसोसिएसन (डब्लूएसए) शनिबार आयोजित महिला ह्विलचेयर बास्केटबल प्रतियोगितामा विजेता भएको छ ।
३३औं अन्तर्राष्ट्रिय अपांग दिवसको अवसरमा नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ र राष्ट्रिय अपांग महासंघ नेपालको आयोजनामा ग्लोबल कलेजको कोर्टमा भएको खेलमा डब्लूएसएले जावलाखेल ह्विलचेयर स्पोर्ट्स क्लबलाई २०–१२ स्कोरले हराएको थियो ।
विजेताकी ज्योति अर्याल उत्कृष्ट खेलाडी र जावलाखेलकी रजनी राई सर्वाधिक स्कोरकर्ता बनिन् । दुवैले ट्रफी हात पारे । विजेता र उपविजेतालाई ट्रफीसहित प्रदान गरियो । प्रतियोगितामा बीआईए, डब्लूएसए, जावलाखेल र एससीआईएनएनसहित चार टोली सहभागिता रहेको थियो । विजेता खेलाडीलाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले ट्रफी प्रदान गरेका थिए ।
