मातृभूमि अन्तरस्कुल बास्केटबल हुने

मंसिर २०, २०८१

कान्तिपुर संवाददाता

Matrubhoomi interschool basketball

काठमाडौँ — मातृभूमि स्कुलको आयोजनामा मातृभूमि अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा तीन विधामा २७ टिमको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा मातृभूमिका को–ओर्डिनेटर जयराम अधिकारीले जानकारी गराए । सिनियर ब्वाइज र गर्ल्समा ७–७ तथा जुनियर ब्वाइजमा ११ टिमको सहभागिता रहने छ ।

सिनियर टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेलाइने छ । समूहका शीर्ष दूई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । जुनियर ब्वाइजलाई ४ समूहमा विभाजन गरी लिगकम नकआउटमा खेलाइने छ । समूहको शीर्ष दुई टोली क्वाटरफाइनल पुग्नेछन् ।

युवा खेलाडीभित्रको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।  

कान्तिपुर

Link copied successfully