कर्णालीविरुद्ध टस जितेर फिल्डिङ गर्दै काठमान्डु गुर्खाज

मंसिर १९, २०८१

कान्तिपुर संवाददाता

Kathmandu Gurkhaz fielding after winning the toss against Karnali

काठमाडौँ — काठमान्डु गुर्खाजले बुधबार नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ ।

काठमाडौंका कप्तान करण केसीले टस जितेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कर्णालीलाई ब्याटिङका लागि बोलाएका हुन् ।

काठमान्डुको टोलीमा अघिल्लो खेल खेलेको टोलीबाट एक खेलाडी परिवर्तन गरिएको छ । अलराउन्डर ड्यान डाउथवेटको स्थानमा लेग स्पिनर नथान साउटरलाई खेलाइरहेको छ । कर्णालीले लेग स्पिनर मौसम ढकालको स्थानमा ट्यालेन्ट हन्टबाट आएका देव्रेहाते स्पिनर विपिन शर्मालाई खेलाएको छ ।

काठमाडौंबाट माइकल लेभिट, स्टेफन इस्केनाजी, शंकर राना, भीम सार्की, सुमित महर्जन, जेहरार्ड इरसमस, करण, रशिद खान, नथान साउटर, शाहव आलम र दीपेश कॅडेल प्लेयिङ ११ मा खेलिरहेका छन् ।

त्यस्तै, कर्णालीबाट देव खनाल, शिखर धवन, चाडविक वाल्टन, बाबर हायत, जेसन मक्सुद, गुलशन झा, अर्जुन घर्ती, सोमपाल कामी (कप्तान), भुवन कार्की, नन्दन यादव र विपिन शर्मा खेलिरहेका छन् । 

काठमान्डु पहिलो खेलमा चितवन राइनोजसॅग ५ विकेटले र कर्णाली आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्ससॅग ८ विकेटले पराजित भएको थियो ।

कान्तिपुर

Link copied successfully