तार्केश्वर मेयर सिल्ड आजदेखि

मंसिर १८, २०८१

कान्तिपुर संवाददाता

Tarkeshwar Mayor Shield from today

काठमाडौँ — तार्केश्वर नगरपालिकाको आयोजनामा तेस्रो मेयर रनिङ सिल्ड खेलकुद मंगलबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ५३ विद्यालयका ३ हजार ४ सय ५४ खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा फुटबल, भलिबल, कबड्डी, एथलेटिक्स, कराते, तेक्वान्दो, उसु, बास्केटबल, ब्याडमिन्टन र टेबलटेनिस गरी १० खेलको प्रतिस्पर्धा हुनेछ । ‘खेल तार्केश्वरको, सन्देश एकताको’ को भन्ने मूल नारासाथ हुन लागेको प्रतियोगिता मंसिर २५ सम्म चल्ने छ ।

नगरस्तरीय खेलकुदको संस्थागत विकास गर्ने उद्देश्यले प्रतियोगिता सुरु गरिएको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully