गुरुङ एसियन प्यासिफिक सितोरियो करातेमा निर्वाचित

मंसिर १७, २०८१

कान्तिपुर संवाददाता

Gurung elected to Asian Pacific Shitorio Karate

काठमाडौँ — एसियन प्यासिफिक सितोरियो कराते महासंघको अध्यक्षमा नेपालका दावा गुरुङ निर्वाचित भएका छन् । सिंगापुरमासम्पन्न भएको महासंघको कंग्रेसले नेपाल सितोरियो कराते संघका अध्यक्ष रहेका गुरुङलाई निर्वाचित गरेको हो ।

उनी एसियन प्यासिफिकअन्तर्गत २८ राष्ट्रमध्ये खसेको २३ मतमध्ये १८ मत पाएर निर्वाचित भएका हुन् । गुरुङका प्रत्याशी फिलिपिन्सका उम्मेदवारले ८ मत पाएका थिए ।

सिंगापुरमा १६ औं एसियन प्यासिफिक प्रतियोगितापछि कंग्रेस भएको थियो । १६ औं एसियन प्यासिफिक करातेमा नेपालले २ स्वर्ण,२ रजत र ५ कांस्यसहित ९ पदक जितेको थियो ।

१७ औं एसियन प्यासिफिक सितोरियो कराते प्रतियोगिता कहाँ र कुन मितिमा आयोजना गर्ने भन्नेबारे एक महिनाभित्रमा निर्णय गरिने नेपाल सितोरियो करातेका संरक्षक युवराज लामाले जानकारी गराएका छन् । नेपाली टोली सोमबार स्वदेश फर्किएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully