एनओसीको सदस्यता पाउनुपर्ने ६ खेल संघको माग

मंसिर १७, २०८१

कान्तिपुर संवाददाता

Demand of 6 sports associations to get membership of NOC

काठमाडौँ — नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफूहरूलाई सदस्यता दिनु पर्नेमा छ खेल संघले आइतबार माग राखेका छन् । पत्रकार सम्मेलन गर्दै एनओसीको सदस्यता माग्नेमा घोडचढी, स्केटिङ एन्ड स्टेकबोर्डिङ, बेसबल तथा सफ्टबल, क्लाइम्बिङ स्पोर्टस, रग्बी र आइस हक्की संघ रहेका छन् ।

पत्रकार सम्मेलनमा नेपाल घोडचढी संघका अध्यक्ष रविराज कर्णिकारले एनओसीले आफूहरूलाई झुक्याइरहेको दाबी गरे ।

उनले एनओसी सदस्यताकै अभावमा अन्तर्राष्ट्रिय सहभागितामा असर परेको बताए । ती छ संघले आफूहरूलाई अन्तर्राष्ट्रिय महासंघको मान्यताका बावजुत पनि एनओसीले सदस्यता नदिएको आरोप पनि लगाएका छन् ।

एनओसीको ओलम्पिक विधान शंसोधनका लागि मंगलबार साधारण सभा बस्दैछ । त्यसको दुई दिन अगाडि पत्रकार सम्मेलन गर्दै ती छ संघले दबाब दिने प्रयास गरेका हुन् । 

कान्तिपुर

Link copied successfully