कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

राष्ट्रिय सुटिङ : आर्मीलाई दुई स्वर्ण

काठमाडौँ — नेपाल आर्मी टिमले सातदोबाटोस्थित सुटिङ रेन्जमा बुधबार पुरुषतर्फ २६ औं र महिलातर्फ २५ औं संस्करणको राष्ट्रिय सुटिङ प्रतियोगितामा दुई स्वर्ण पदक जितेको छ ।

राष्ट्रिय सुटिङ : आर्मीलाई दुई स्वर्ण

१० मिटर एयर राइफल र पेस्तोलको मिक्स टिममा आर्मी खेलाडीले स्वर्ण जितेका हुन् । विनोद बस्नेत र कल्पना परियारले कुल ६०५ स्कोरसहित आर्मीलाई राइफलको स्वर्ण दिलाउँदा वाग्मतीका हरिबहादुर थापा र सुस्मिता नेपालले रजत जितेका थिए । उनीहरूले ६०३.६ स्कोर गरेका थिए । पुलिसका फुलमाया क्यापछाकी र प्रजापति भुर्तेलले ५९२ स्कोर जोड्दै कांस्य जिते । यस इभेन्टमा ९ टिमको सहभागिता थियो ।

१० मिटर पेस्तोलको मिक्स टिमको स्वर्ण दिलाउँदा आर्मीका ज्योतिका ढकाल र विष्णु दिस्वा मगरले ५५६ स्कोर गरेका थिए । पुलिसका रञ्जिता गुरुङ र सुकदेव चौधरीले ५४७ स्कोरसहित रजत जिते । गण्डकी प्रदेशलाई श्रेया केसी र विजय कार्कीले ५४३ स्को गर्दै कांस्य दिलाए ।

१० मिटर एयर राइफलको पुरुषतर्फ आर्मीका विनोद बस्नेत, वाग्मतीका हरिबहादुर थापा, सुदूरपश्चिमका सुनील चन्द, पुलिसका प्रजापति भुर्तेल, मधेशका देवेन्द्लाल श्रेष्ठ, लुम्बिनीका संजोगकृष्ण श्रेष्ठ, गण्डकीका सनम पुन मगर कर्णालीका इटालिन शाही फाइनल चरणलाई छनोट भएका छन् ।

सोही इभेन्टमा महिलामा वाग्मतीकी सुम्मिता नेपाल, आर्मीकी कल्पना परियार, पुलिसकी फुलमाया क्यापछाकी, लुम्बिनीकी आयुशा बोहरा, मधेशकी खुश्बु चौधरी, गण्डकीकी करिश्मा बस्नेत, कर्णालीकी मनीषा शाही र एपीएफकी रुपा आचार्य छनोट भएका छन् ।

१० मिटर एयर पेस्तोलको महिलातर्फ ज्योतिका ढकाल ५५१ स्कोरसहित अगाडि छिन् । गण्डकीकी श्रेया केसी र लुम्बिनीकी कृष्णा थापा क्रमशः ५४३ र ५३३ स्कोरसहित दोस्रो र तेस्रो स्थानमा छन् । पुलिसकी रञ्जिता गुरुङ ५३०, कोशीकी तारा राई ४९७, वाग्मतीकी रुविना श्रेष्ठ ४८३, सुदूरपश्चिमकी राजकुमारी सिंह ४६३ र मधेशकी उषाकुमारी पोखरेल ४६२ स्कोरसहित फाइनल चरणलाई छनोट भए ।

१० मिटर एयर पेस्तोलको पुरुषतर्फ आर्मीका विष्णु ५५७, पुलिसका सुकदेव ५५२, वाग्मतीका विपेश खड्का ५५१ स्कोरसहित शीर्ष तीन स्थानमा छन् । त्यसपछि सुदूरपश्चिमका महेन्द्रसिंह रावल ५३७, गण्डकीका विजय कार्की ५३३, कोशीका प्रकाश राई ५३३, लुम्बिनीका अब्दुल वाहिद अन्सारी ५३१ र मधेशका जागीलाल महतो ४५२ स्कोरसहित फाइनल चरणलाई छनोट भए ।

प्रतियोगिताको चार इभेन्टका फाइनल बिहीबार हुने नेपाल सुटिङ संघका महासचिव प्रदीप खातीले जनाएका छन् ।

प्रकाशित : जेष्ठ ३०, २०८१ २२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×