गोपालमान श्रेष्ठ कांग्रेसका वरिष्ठ नेता घोषणा

बीपी स्मृति दिवसका अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रममा सभापति गगन थापाले आगामी केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गर्ने गरी श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेको बताए ।

श्रावण ७, २०८३

कान्तिपुर संवाददाता

Gopalman Shrestha declared as senior leader of the Congress

काठमाडौं — कांग्रेस सभापति गगन थापाले नेता गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका छन् । बीपी स्मृति दिवसका अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रममा सभापति थापाले आगामी केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गर्ने गरी श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरिएको बताए । 

तत्कालीन कांग्रेस(प्रजातान्त्रिक)का कार्यबाहक सभापति समेत रहेका श्रेष्ठले पूर्वसभापति शेरबहादुर देउवा समूह छाडेर गत पुसमा सम्पन्न विशेष महाधिवेशनमा सहभागी भएका थिए । श्रेष्ठ हाल गम्भीर रोगसँग लडिरहेका छन् ।थापाले कार्यक्रमबाटै उनको स्वास्थ लाभको कामना गरे ।

कान्तिपुर

Link copied successfully