राहदानी छपाइ प्रकरणबारे कांग्रेसले संसद्‌भित्र र बाहिरबाट सरकारसँग जवाफ माग्छ : थापा

बीपी स्मृति दिवसका अवसरमा विहीबार आयोजित कार्यक्रममा सभापति गगन थापाले राहदानी प्रकरणबारे सञ्चारमाध्यममा आएका समाचारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि समेत गम्भीर प्रश्न उठाएको बताएका छन् ।

श्रावण ७, २०८३

कान्तिपुर संवाददाता

Congress will demand answers from the government inside and outside Parliament regarding the passport printing case: Thapa

काठमाडौं — कांग्रेसका सभापति गगन थापाले राहदानी (पासपोर्ट) छपाइ प्रकरणबारे कांग्रेसले संसदभित्र र बाहिर दुवै ठाउँबाट सरकारसँग जवाफ माग्ने बताएका छन् ।

बीपी स्मृति दिवसका अवसरमा विहीबार आयोजित कार्यक्रममा थापाले उक्त प्रकरणबारे सञ्चारमाध्यममा आएका समाचारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि समेत गम्भीर प्रश्न उठाएको बताए । 

थापाले राहदानी छपाइको ठेक्का कसले कसलाई दियो भन्ने विषय अदालतमा विचाराधीन रहेकाले त्यसको कानुनी प्रक्रियाले टुंगो लगाउने बताए।तर अनियमितता भएको भए त्यसमा संलग्न जोसुकै भए पनि कानुनबमोजिम कारबाही हुनुपर्ने उनको भनाइ थियो।

'अनियमितता भएको छ भने जसले गरेको हो, उसलाई कानुनी दायरामा ल्याउनुपर्छ ।त्यसमा सरकारको वाहवाही गर्छौं,' उनले भने, 'तर सरकार संविधानअनुसार चलेको छ कि छैन भन्ने प्रश्न उठाउनु हाम्रो जिम्मेवारी हो ।'

थापाले प्रधानमन्त्रीसहित सरकार संविधानले तोकेको सीमाभित्र रहेर काम गर्न बाध्य रहेको उल्लेख गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रधानमन्त्री वा मन्त्रीले बदनियतपूर्वक गैरकानुनी काम गरेको अवस्थामा समेत अनुसन्धान गर्ने संवैधानिक अधिकार रहेको स्मरण गराए ।

कान्तिपुर

Link copied successfully