उपसभापति विश्वप्रकाश शर्माले बीपीको दर्शनलाई पार्टीको रुपान्तरणको दिशामा काम गर्ने अठोट लिएर अघि बढेको बताए ।
काठमाडौँ — कांग्रेस सभापति गगन थापाले पार्टीका असन्तुष्ट पक्षले बीपी स्मृति दिवसका नाममा बिहीबार आयोजना गरेको कार्यक्रमलाई ‘गगन थापा निन्दा प्रतियोगिता’ भनेर व्यंग्य गरेका छन् ।
‘त्यहाँ मैलै असाध्यै माया गर्ने र श्रद्धा गर्ने नेताहरु पनि भएकाले मैले धेरै ध्यान दिइनँ । त्यतातिर धेरै ध्यान दिए भने सम्मान घट्न सक्छ, त्यसैले ध्यान दिइँन,’ बीपी स्मृति दिवसका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित ‘नवीन परिस्थिति नवीन संकल्प, नवीन अभियान’ कार्यक्रममा थापाले भने ।
उपसभापति विश्वप्रकाश शर्माले भने कसैले भेला गरे भनेर आफूहरुले पनि त्यतातिर ढुंगा नहान्ने भन्दै बुधबार असन्तुष्ट पक्षले लगाएका आरोप र प्रश्नका बारेमा कुनै पनि प्रतिक्रिया दिएनन् । उनले बीपीको दर्शनलाई पार्टीको रुपान्तरणको दिशामा काम गर्ने अठोट लिएर अघि बढेको बताए ।
